कुटनीतिक मर्यादा कुल्चदै उपप्रधान तथा अर्थमन्त्री पौडेल र अमेरिकी राजदूतबीच भेटवार्ता

२२ बैशाख २०८२, सोमबार २०:३५

काठमाडौँ । उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेल र नेपालका लागि अमेरिकी राजदूत डिन आर थम्पसनबीच भएको एकल भेटवार्ता कूटनीतिक मापदण्ड विपरीत भएको भन्दै तीव्र राजनीतिक बहस सुरु भएको छ ।

‘कूटनीतिक प्रोटोकल’अनुसार कुनै पनि विदेशी प्रतिनिधिसँगको उच्चस्तरीय भेटघाटमा परराष्ट्र मन्त्रालयको प्रतिनिधिको उपस्थिति अनिवार्य हुन्छ । तर, उपप्रधानमन्त्री तथा अर्थमन्त्री पौडेलले उक्त प्रक्रिया नअपनाई अमेरिकी राजदूतसँग झण्डै आधा घण्टा एक्ला–एक्लै भेटवार्ता गरेका छन् । अमेरिकी राजदूतले कुटनीतिक मर्यादा उल्लंघन गरेको भन्दै राजनीतिक वृत्तमा आलोचना सुरु भएको छ ।

हिजो विहान करिब ९ बजेको समयमा अर्थमन्त्रालयमा भएको सो भेटवार्तामा विशेषतः अमेरिकाले नेपालमा सञ्चालन गर्दै आएका दुई ठूला सहायता कार्यक्रम-युएसएआईडीमार्फतका परियोजना र एमसीसीसँग सम्बन्धित कार्यक्रमहरू स्थगन गरेपछि अमेरिकी धारणा लिएर राजदूत थम्पसन अर्थमन्त्रालय पुगेका थिए । यस भेटमा के कस्ता विषयमा छलफल भए भन्ने विषयमा औपचारिक जानकारी सार्वजनिक गरिएको छैन ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*