कालिका लघुवित्तको नाफा र ईपीएस दोब्बर वृद्धि, लाभांश क्षमता कति?

२३ बैशाख २०८२, मंगलवार ०६:२३

काठमाडौं । कालिका लघुवित्त वित्तीय संस्था लिमिटेडले चालू आर्थिक वर्ष (आव) को चैत मसान्तसम्म ६ करोड ८० लाख रुपैयाँ खुद नाफा गरेको छ।

गत वर्षको यसै अवधिसम्म ३ करोड २१ लाख रुपैयाँ खुद नाफा गरेको कम्पनीको यस वर्ष भने झण्डै ११२ प्रतिशतले खुद नाफा बढेको हो।

नाफा बढेसँगै कम्पनीको प्रतिशेयर आम्दानी (ईपीएस) पनि दोब्बरले वृद्धि भएको छ। गत वर्ष कम्पनीको ईपीएस ११ रुपैयाँ ५० पैसा रहकोमा चालू आवमा बढेर २२ रुपैयाँ २४ पैसा पुगेको छ।

त्यसैगरी कम्पनीको खुद ब्याज आम्दानी गत वर्ष १८ करोड रुपैयाँ रहेकोमा चालू आवमा बढेर २६ करोड ८१ लाख रुपैयाँ नाघेको छ। त्यस्तै सञ्चालन नाफा पनि गत वर्ष करीब ४ करोड ५९ लाख रुपैयाँ रहेकोमा चालू आवमा बढेर ९ करोड ७० लाख रुपैयाँ पुगको छ।

चुक्ता पूँजी ४० करोड ७६ लाख रुपैयाँ रहेको कम्पनीको रिर्जभमा २७ करोड ३२ लाख रुपैयाँ सञ्चिति रहेको छ। कम्पनीले २ अर्ब ६६ करोड रुपैयाँ सापटी लिएर ४ अर्ब ६८ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ भने १ अर्ब ५८ करोड रुपैयाँ निक्षेप संकलन गरेको छ।

निष्क्रिय कर्जा ५.२७ प्रतिशत रहेको कम्पनीको प्रतिशेयर नेटवर्थ १७६ रुपैयाँ ५९ पैसा र वितरणयोग्य नाफा (लाभांश क्षमता) ३ करोड ६८ लाख रुपैयाँ रहेको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*