एफपीओ निष्कासनको माग गर्दै मातृभूमि लघुवित्त सेबोनमा

२३ बैशाख २०८२, मंगलवार ०८:०४

काठमाडौं । मातृभूमि लघुवित्त वित्तीय संस्था लिमिटेडले थप सार्वजनिक निष्कासन (एफपीओ) को अनुमति माग गर्दै नेपाल धितोपत्र बोर्ड (सेबोन)मा निवेदन दिएको छ।

कम्पनीले साविक किसान लघुवित्त वित्तीय संस्था लिमिटेड र जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्थासँग मर्जरपछि शेयर अनुपात मिलाउन एफपीओ निष्कासन गर्न लागेको हो।

कम्पनीले प्रतिकित्ता १ सय रुपैयाँ अंकित मूल्यका ११ लाख ४९ हजार ९८२.५९८ कित्ता एफपीओ निष्कासन गर्न अनुमति मागेको छ। यसबाट कम्पनीले ११ करोड ४९ लाख ९८ हजार रुपैयाँ संकलन गर्नेछ।

कम्पनीले एफपीओ सर्वसाधारण लगानीकर्ताका लागि जारी गर्नेछ। एफपीओ निष्कासन तथा बिक्री प्रबन्धकको काम मुक्तिनाथ क्यापिटल लिमिटेडले गर्नेछ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*