हकप्रद शेयरका लागि तेह्रथुम पावरको बुक क्लोज मिति तय
२३ बैशाख २०८२, मंगलवार ०९:१५

काठमाडौं । तेह्रथुम पावर कम्पनी लिमिटेडले शतप्रतिशत हकप्रद शेयर निष्कासनका लागि जेठ ५ गते बुक क्लोज गर्ने निर्णय गरेको छ।
यस कम्पनीले १ कित्ता साधारण शेयर बराबर १ कित्ता हकप्रद शेयरको अनुपातमा प्रतिकित्ता अंकित मूल्य १ सय रुपैयाँका दरले ४० लाख कित्ता हकप्रद शेयर निष्कासन गर्न नेपाल धितोपत्र बोर्डबाट स्वीकृति पाइसकेको छ।
यसका लागि कम्पनीले जेठ ५ गते बुक क्लोज गर्ने भएसँगै जेठ ४ गतेसम्म नेप्सेमा कम्पनीको साधारण शेयर खरीद गर्नेले मात्रै हकप्रद शेयरमा आवेदन दिन पाउने छन्। कम्पनीले हाल हकप्रद शेयर निष्कासनको मिति भने तय गरिसकेको छैन।













