इन्फिनिटी लघुवित्तद्वारा ठूलो संख्याले विभिन्न पदमा कर्मचारी माग, यसरी दिनुहोस् आवेदन

२३ बैशाख २०८२, मंगलवार १२:१६

काठमाडौं । इन्फिनिटी लघुवित्त वित्तीय संस्था लिमिटेडले विभिन्न पदहरुमा ठूलो संख्याहरुमा कर्मचारी माग गरेको छ । संस्थाले एक सूचना प्रकाशित गर्दै वरिष्ठ अधिकृत, कनिष्ठ अधिकृत, वरिष्ठ सहायक, सहायक र कनिष्ठ सहायक प्रशिक्षार्थी पदमा कर्मचारीहरु माग गरेको हो ।

संस्थाका अनुसार सो पदहरुमा आवेदन एसएलसी देखि स्नाकोत्तर तहसम्म उत्तिर्ण गरेको हुनुपर्ने छ । उल्लेखित पदहरुमा आवेदन दिनको लागि उम्मेद्वारहरुलाई दुई सय रुपैयाँदेखि पाँच सय रुपैयाँसम्म दस्तुर लाग्ने भएको छ । इच्छुक उम्मेद्वारहरुले संस्थाको आधिकारीक वेबसाइट  https://infinitylbsl.com.np/career/  मार्फत आवेदन दिन सकिने सूचनामा उल्लेख छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*