मिडियामा हल्ला चलेको जस्तो कमिशनको विषय सत्य होइनः बोर्ड

२३ बैशाख २०८२, मंगलवार १७:१२

काठमाडौं । केही सञ्चार माध्यम तथा सामाजिक सञ्जालमार्फत नेपाल धितोपत्र बोर्डका अध्यक्ष सन्तोषनारायण श्रेष्ठमाथि लगाइएका आरोप तथ्यहीन रहेको जानकारी रहेको छ । बोर्डले सोमबार एक प्रेस विज्ञप्ति जारी गर्दै भ्रामक आरोपप्रति बोर्डले गम्भीर ध्यानाकर्षण जनाएको हो ।

विज्ञप्तिमा भनिएको छ, ‘पुँजीबजार क्षेत्रमा भइरहेका सुधारहरूबाट अत्तालिएर नियोजित रूपमा यस्ता प्रायोजित सामग्रीहरू सम्प्रेषण गरिएको देखिन्छ, जसले नियामक निकायको छवि धूमिल पार्नुका साथै सर्वसाधारण लगानीकर्ताको हित संरक्षण गर्ने कार्यलाई निरुत्साहित गर्न खोजिएको स्पष्ट देखिन्छ।’

बोर्डले यस्ता आरोपहरूको गम्भीर खण्डन गर्दै, कसैले अध्यक्षको नाम जोडेर आर्थिक वा अन्य गैरकानुनी लाभ लिएको प्रमाण फेला परेमा आवश्यक कानुनी कारवाही अगाडि बढाउने चेतावनीसमेत दिएको छ। बोर्डले यस्ता कार्यविरुद्ध सशक्त कदम चाल्ने प्रतिबद्धता पनि व्यक्त गरेको छ।

‘यदि कसैले बोर्ड अध्यक्षको नाम लिई कुनै पनि प्रकारको आर्थिक वा अन्य गैर कानुनी फाईदा लिने कार्य गरेको जानकारी भएमा तथ्यगत विवरण उपलब्ध गराई दिनु भएमा सम्बन्धित उपर आवश्यक कानुनी कारवाहीका लागि प्रकृया अगाडि बढाईनेछ’ विज्ञप्तिमा भनिएको छ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*