राष्ट्र बैंक भित्रकै समस्याले गभर्नर नियुक्तिमा ढिलाई भएको हो, वर्तमान गठबन्धनमा कुनै समस्या छैनः देउवा
२३ बैशाख २०८२, मंगलवार १७:४७

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गभर्नर नियुक्तिमा पाटीगत समस्या नभएको बताएका छन् ।
उनले राष्ट्र बैंकभित्रकै समस्याका कारण गभर्नर नियुक्तिमा ढिला भएको समेत बताए ।पार्टी कार्यालयमा सानेपामा आयोजित एक कार्यक्रममा भने, ‘वर्तमान गठबन्धनमा कुनै समस्या छैन। गर्भनरको नियुक्ति ढिलो हुनु राष्ट्र बैंक भित्रकै समस्याले हो’ ।
उनले प्रधानमन्त्री केपी शर्मा ओलीका कारण गभर्नर नियुक्त हुन ढिला नभएको पनि प्रष्ट पारे ।पछिल्लो पटक देउवा र ओलीबीच गभर्नर नियुक्तिमा सहमति भइसकेको बताइएको छ ।













