यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

२४ बैशाख २०८२, बुधबार ०६:४१

काठमाडौं । नेपाल राष्ट्र बैङ्कले आज वैशाख २४ गतेका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । जस अनुसार अमेरिकी डलर एकको खरीददर १३४ रुपैयाँ ८० पैसा र बिक्रीदर १३५ रुपैयाँ ४० पैसा कायम भएको छ।

युरोपियन युरो एकको खरीददर १५२ रुपैयाँ ७० पैसा र बिक्रीदर १५३ रुपैयाँ ३८ पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरीददर १८० रुपैयाँ १४ पैसा र बिक्रीदर १८० रुपैयाँ ९४ पैसा, स्वीस फ्र्याङ्क एकको खरीददर १६३ रुपैयाँ ४० पैसा र बिक्रीदर १६४ रुपैयाँ १३ पैसा कायम गरिएको छ।

अष्ट्रेलियन डलर एकको खरीददर ८७ रुपैयाँ ०५ पैसा र बिक्रीदर ८७ रुपैयाँ ४४ पैसा, क्यानेडियन डलर एकको खरीददर ९७ रुपैयाँ ५८ पैसा र बिक्रीदर ९८ रुपैयाँ ०१ पैसा, सिङ्गापुर डलर एकको खरीददर १०४ रुपैयाँ ५६ पैसा र बिक्रीदर १०५ रुपैयाँ ०२ पैसा निर्धारण गरिएको छ।

जापानी येन १० को खरीददर नौ रुपैयाँ ४३ पैसा र बिक्रीदर नौ रुपैयाँ ४७ पैसा, चिनियाँ युआन एकको खरीददर १८ रुपैयाँ ६८ पैसा र बिक्रीदर १८ रुपैयाँ ७६ पैसा, साउदी अरेबियन रियाल एकको खरीददर ३५ रुपैयाँ ९४ पैसा र बिक्रीदर ३६ रुपैयाँ १० पैसा, कतारी रियाल एकको खरीददर ३६ रुपैयाँ ९८ पैसा र बिक्रीदर ३७ रुपैयाँ १५ पैसा कायम भएको छ।

थाई भाट एकको खरीददर चार रुपैयाँ १३ पैसा र बिक्रीदर चार रुपैयाँ १५ पैसा, युएई दिराम एकको खरीददर ३६ रुपैयाँ ७० पैसा र बिक्रीदर ३६ रुपैयाँ ८६ पैसा, मलेसियन रिङ्गेट एकको खरीददर ३१ रुपैयाँ ८५ पैसा र बिक्रीदर ३१ रुपैयाँ ९९ पैसा रहेको छ।

साउथ कोरियन वन एक सयको खरीददर नौ रुपैयाँ ७६ पैसा र बिक्रीदर नौ रुपैयाँ ८१ पैसा, स्विडिस क्रोनर एकको खरीददर १४ रुपैयाँ ०१ पैसा र बिक्रीदर १४ रुपैयाँ ०७ पैसा र डेनिस क्रोनर एकको खरीददर २० रुपैयाँ ४६ पैसा र बिक्रीदर २० रुपैयाँ ५५ पैसा तोकिएको छ।

हङकङ डलर एकको खरीददर १७ रुपैयाँ ३९ पैसा र बिक्रीदर १७ रुपैयाँ ४७ पैसा, कुवेती दिनार एकको खरीददर ४३९ रुपैयाँ ६९ पैसा र बिक्रीदर ४४१ रुपैयाँ ६५ पैसा, बहराइन दिनार एकको खरीददर ३५७ रुपैयाँ ५५ पैसा र बिक्रीदर ३५९ रुपैयाँ १४ पैसा, ओमनी रियाल एकको खरीददर ३५० रुपैयाँ १३ पैसा र बिक्रीदर ३५१ रुपैयाँ ६९ पैसा रहेको छ।

राष्ट्र बैङ्कले यो विनिमय दरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने र वाणिज्य बैङ्कले तोक्ने विनिमय दर भने फरक हुनसक्ने बताएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*