जीवन विकास लघुवित्तको नाफासँगै बढ्यो प्रतिशेयर आम्दानी, लाभांश क्षमता कति?

काठमाडौं । जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेडले चालू आर्थिक वर्षको चैत मसान्तसम्म (९ महीनासम्म) ३५ करोड ५६ लाख रुपैयाँ खुद नाफा गरेको छ।
गत वर्षको यसै अवधिसम्म २६ करोड ६५ लाख रुपैयाँ खुद नाफा गरेको कम्पनीले यस वर्ष ३३.४५ प्रतिशत बढी खुद नाफा गरेको हो।
खुद नाफासँगै कम्पनीको प्रतिशेयर आम्दानी पनि २६ रुपैयाँ ३७ पैसाबाट बढेर ३० रुपैयाँ ८७ पैसा पुगेको छ। प्रतिशेयर नेटवर्थ २३३ रुपैयाँ ९२ पैसा रहेको छ।
यस वर्ष कम्पनीको खुद ब्याज आम्दानी पनि १ अर्ब १५ करोड रुपैयाँबाट बढेर करीब साढे १ अर्ब रुपैयाँ पुगेको छ। त्यस्तै सञ्चालन नाफा पनि ३८ करोड रुपैयाँबाट बढेर पौने ५१ करोड रुपैयाँ नाघेको छ।
चुक्ता पूँजी १ अर्ब ५३ करोड रुपैयाँ रहेको कम्पनीको रिजर्भमा १ अर्ब ४२ करोड रुपैयाँ सञ्चिति रहेको छ। कम्पनीले २६ अर्ब ५८ करोड रुपैयाँ कर्जा प्रवाह गरेर ११ अर्ब ६४ करोड रुपैयाँ निक्षेप संकलन गरेको छ।
खराब कर्जा सामान्य बढेर ४.९७ प्रतिशत पुगेको कम्पनीको आधारदर १२.४९ प्रतिशत छ भने लाभांश क्षमता (वितरणयोग्य नाफा) ६३ करोड ३४ लाख रुपैयाँ रहेको छ।













