प्रतिकित्ता ५२५ रुपैयाँमा जीवन विकास लघुवित्तको संस्थापक शेयर बिक्रीमा, सबैले किन्न पाउने

काठमाडौं । जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेडले कुल १ लाख ३३ हजार ३०२ कित्ता संस्थापक शेयर सबैले खरीद गर्न पाउने गरी बिक्रीमा राखेको छ।
जसमध्ये ४ हजार ३० कित्ता शेयरको प्रतिकित्ता न्यूनतम मूल्य ५२५ रुपैयाँ र बाँकी १ लाख २९ हजार २७२ कित्ता शेयरको प्रतिकित्ता न्यूनतम मूल्य ५३० रुपैयाँ तोकिएको छ।
यसमा खरीदका लागि आवेदन दिँदा घटीमा २५० कित्ताका लागि र बढीमा १ सयले निःशेष भाग जाने गरी वा सम्पूर्ण कित्ताका लागि आवेदन दिन सकिने छ।
इच्छुक लगानीकर्ताले आजदेखि जेठ ७ गतेभित्र आफूले किन्न चाहेको शेयर संख्या र सोको मूल्य समेत खुलाएर गोप्य शिलबन्दी बोलपत्र पेश गर्नु पर्नेछ।
यस्तो बोलपत्र मोरङ्गस्थित कम्पनीको केन्द्रीय कार्यालय वा बालुवाटारस्थित बिक्री प्रबन्धक एनएमबि क्यापिटल लिमिटेडमा पाइने कम्पनीले जनाएको छ।














