रिलायबल नेपाल लाइफद्वारा लाभांश घोषणा, बोनश र नगद कति ?

२४ बैशाख २०८२, बुधबार १०:४४

काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट लगानीकर्तालाई लाभांश घोषणा गरेको छ ।

कम्पनीले हाल कायम चुक्ता पुँजीको १२ प्रतिशत बोनश शेयर र कर प्रयोजनको लागि ०.६३१५ प्रतिशत लाभांश घोषणा गरेको छ । कम्पनी सञ्चालक समितिको बैशाख २३ गते बसेको बैठकको निर्णयले लाभांश घोषणा गरेको हो ।

कम्पनीको आगामी वार्षिक साधारण सभा र नियामक निकाय बीमा प्राधिकरणले स्वीकृत गरेको अवस्थामा लगानीकर्ताहरुले उक्त घोषित लाभांश पाउने छन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*