भारतको शेयर बजार राताम्य: सैन्य तनावपछि सेन्सेक्स ८०० अंकले घट्यो, निफ्टीमा पनि गिरावट

२४ बैशाख २०८२, बुधबार १०:५२

काठमाडौँ । बुधबार बिहान भारतका प्रमुख सेयर सूचकांकहरू बजार खुल्नुअघि नै तीव्र गिरावटमा देखिएको छ। पाकिस्तान र पाकिस्तान प्रशासित काश्मिरमा भारतद्वारा गरिएको सैन्य आक्रमणको समाचारले लगानीकर्तामा त्रास फैलिएको छ।

बजार खुल्नुअघि नै सेन्सेक्स झन्डै ८०० अंकले घटेको थियो भने निफ्टी १५० अंकले कमजोर देखिएको थियो। यद्यपि बजार खुलेपछि केही समयमै तीव्र गिरावटबाट आंशिक सुधार देखिएको छ।

क्षेत्रगत सूचकांकहरू मध्ये मिडिया, उपभोक्ता सामग्री र औषधि क्षेत्रका सेयरहरू रातोमा कारोबार भइरहेका छन्, जसको अर्थ ती क्षेत्रका कम्पनीहरूको मूल्य घटिरहेको छ। तर, अटो (गाडी उत्पादक)कम्पनीहरू र बैंक क्षेत्र भने हरियालीमा कारोबार गरिरहेका छन्, अर्थात् ती क्षेत्रका सेयरमा वृद्धिदर देखिएको छ।

बजारमा गिरावटका पछाडि सैन्य तनाव मात्रै नभई व्यापारसम्बन्धी समाचार पनि कारक देखिएको छ। मंगलबार साँझ भारत र बेलायतबीच व्यापार सम्झौता भएको समाचार सार्वजनिक भएको थियो। यो सम्झौताले विश्वव्यापी भन्सार असन्तुलन ९टारिफ टरमॉइल० को समयमा दुई देशबीचको व्यापार बढाउने अपेक्षा गरिएको छ। तर बजारमा यसले तुरुन्त सकारात्मक असर भने पारेको छैन।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*