‘योग्यता होइन, भागबन्डा हावी: देश गभर्नरविहीन हुँदा अर्थतन्त्र दुर्घटनामा जाने खतरा’

चन्दा कार्की भण्डारी
२४ बैशाख २०८२, बुधबार १२:४०

म यो सांसदको हैसियतमा मात्र होइन देशको करोडौँ चिन्तित नागरिकहरूको आवाज भनेर बोल्न चाहन्छु । देशको केन्द्रीय बैङ्क नेपाल राष्ट्र बैङ्क जुन देशको केन्द्रीय वित्तीय मेरुदण्ड हो त्यसको गभर्नरको कार्यकाल सकिएको एक महिनाभन्दा बढी भइसक्यो । तर, आजसम्म त्यो पद खाली छ । सरकार मौन अनि निर्णयविहीन यो केवल एउटा पद खाली भएको कुरा मात्र होइन सभामुख महोदय यो देशको अर्थतन्त्र नेतृत्वविहीन अवस्थामा पुगेको गम्भीर सङ्केत हो।

देशको अर्थतन्त्र अहिले ज्यादै संवेदनशील अवस्थामा छ । बैङ्कहरूमा खराब कर्जाको अनुपात निर्देशकी सीमा भन्दा माथि पुगेको छ । नेपाली एफएटिएफको ग्रे लिस्टमा परेको छ जसको अर्थ हो अन्तर्राष्ट्रिय नजरमा हाम्रो वित्तीय प्रणाली शङ्काको घेरामा परेको छ। बजेट आउन लागिरहेको छ । मौद्रिक नीति बनाउने बेला आएको छ। विश्व बैङ्क एडिबी लगायतका विकास साझेदारहरूले नियामक स्थायित्व खोजिरहेका छन् तर हामी राष्ट्र बैङ्क नेतृत्वविहीन भइरहँदा पनि सरकार सरकार भने चुप्प लागेर बुझ पचाएर बसिरहेको छ। देशमा आर्थिक समस्याहरू चाङ् चाङ छन्। र, ती समस्याहरू दिनानुदिन घटनाको साथै साटो चुलिँदै गएको देखिन्छ देशमा राजनीतिक परिवर्तन त भयो तर जनताले आर्थिक राहत कति पनि पाउन सकेनन् ।

आर्थिक सुशासनको त धज्जी नै उडेको अवस्था छ। आज औद्योगिक वित्तीय व्यवसाय कृषि पर्यटन रियल स्टेट जस्ता हरेक क्षेत्र शिथिल बन्दै गएको छ। युवाले देशमा भविष्य देख्न छाडिसके र विदेशी नै युवाको सङ्ख्या दिनप्रतिदिन बढ्दो छ। हामी समस्यालाई सुल्झाउन तिर नलागी राष्ट्र बैङ्क जस्तो महत्त्वपूर्ण र संवेदनशील लाई पनि राजनीतिक सौदाबाजीको थलो बनाइरहेका छौँ। सत्तारुढ दलहरू गभर्नर कसको भागमा पर्छ भनेर रस्साकस्सी छन् जसको परिणामले राष्ट्र बैङ्क गभर्नरविहीन र दिशाविहीन भएको छ। यो गठबन्धनको भागबन्डाले मुलुकको अर्थतन्त्रलाई जोखिममा पारेको छ सभामुख दिशाविहीन सरकार निर्णयविहीन नेतृत्व र गभर्नरविहीन राष्ट्र बैङ्कले हामीलाई कता लैजाँदै छ भन्ने गम्भीर प्रश्न म सरकारलाई सोध्न चाहन्छु।

सबैले जानेकै कुरा हो कि गभर्नरको जिम्मेवारी मौद्रिक नीति बनाउनु मात्र होइन देशको वित्तीय अनुशासन र स्थायित्व कायम राख्नु नागरिकको आर्थिक सुरक्षाको प्रत्याभूति दिनुपर्ने हो त्यसैले यस्तो पद एक दिनका लागि पनि खाली रहनु हुँदैन तर यसको चिन्ता सरकारलाई भएको देख्दिन मैले सरकार भने अझै पनि भागबन्डाको खेलमै व्यस्त छ। गभर्नर कसको भागमा पर्ने भन्ने सौदाबाजीको खेलमा लागेर मुलुकको अर्थतन्त्रको भविष्य भविष्य दाउमा लगाइरहेको छ। यो भन्दा दुर्भाग्यपूर्ण कुरा के हुन सक्छ त सभामुख महोदय म फेरि पनि दोहोराउँदै छु कि देशको अर्थतन्त्र सही लयमा नहिँडेको अवस्थामा देशको वित्तीय नियामक संस्था नेतृत्वविहीन हुनु आफैमा एउटा लज्जास्पद कुरा हो। र त्यसमा भागबन्डाको चलखेल हुनु त अझै पनि पीडादायी कुरा हो मेरो लागि।

म र मेरो दल राष्ट्रिय स्वतन्त्र पार्टीको माग स्पष्ट छ आर्थिक सङ्कटको यो घडीमा सरकार निष्क्रिय बस्न पाइँदैन। गभर्नरको नियुक्ति तत्काल गरियोस् हाम्रो देशको अर्थतन्त्रले आज सक्षम दूरदर्शी र निडर नेतृत्व खोजिरहेको छ। तसर्थ त्यो नियुक्ति राजनीतिक भागबन्डाबाट होइन योग्यता निष्पक्षता र पारदर्शिताको आधारमा होस् र राष्ट्र बैङ्कको गभर्नर जस्तो महत्त्वपूर्ण पदमा हुने नियुक्तिमा अब प्रतिस्पर्धात्मक र रेमिट वेस्ट प्रक्रिया लागू गर्नका लागि चाहिने कानुनी संरचना परिमार्जन गर्ने काम ढिला नहोस् । राजनीतिक अहङ्कारका कारण यदि राष्ट्र बैङ्क कमजोर बन्दै जान्छ र देशको आर्थिक देश आर्थिक दुर्घटनामा पर्न जान्छ भने त्यसको सम्पूर्ण जिम्मेवारी यही सरकारले बोक्नुपर्छ

अन्त्यमा म मेरा एक प्रिय मित्रको भनाइ यहाँ साझा गर्न चाहन्छु। हामी सबैमा ३६ गुण सम्पन्न नहुन सक्छ तर यो देश बनाउने जिम्मा लिएका नेतृत्व वर्गमा यदि केवल चार वटा गुणलाई मात्रै सही ढङ्गले व्यवस्थापन गर्न सक्यो भने देशलाई समृद्धिको यात्रामा लैजान सकिन्छ ती चार वटा गुण भनेको सफा नियत सफा, संवेदनशील मन, गतिलो व्यवहार र इमानदारिता हो ।

(राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सांसद चन्दा कार्की भण्डारीले बुधबार प्रतिनिधि सभामा सम्बोधन)

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*