हाइड्रोपावरमा झुम्मिए लगानीकर्ता, यी कम्पनीको शेयर सर्वाधिक खरिद–बिक्री

२४ बैशाख २०८२, बुधबार १५:०६

काठमाडौं । साता कारोबारको चौथो दिन अर्थात बुधबार शेयर बजारमा हरियाली छाएको छ । भारत–पाकिस्तानको आन्तरिक विवादले नेपालको शेयर बजार पनि घट्छ भन्ने हल्लालाई चिर्दै आज बजार उच्च अंकले बढेको छ ।

बुधबार कारोबार भएका कम्पनीहरुमा सानिमा माइ हाइड्रोपावरको सबैभन्दा बढी कारोबार भएको छ । कम्पनीको आज ५९ करोड २० लाख रुपैयाँको शेयर खरिद–बिक्री भएको छ ।

त्यस्तै, आज ङादी ग्रुप पावरको ५४ करोड ७९ लाख रुपैयाँ, राधि जलविद्युत कम्पनीको ४३ करोड ११ लाख रुपैयाँ, युनिभर्सल पावर कम्पनीको ४२ करोड ६३ लाख रुपैयाँ र सिङ्गटी हाइड्रो इनर्जिको ४१ करोड ८ लाख रुपैयाँको कारोबार भएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*