विद्युतीय सवारीतर्फ अपग्रेड हुने सुनौलो अवसर : बीवाईडीको देशव्यापी मेगा एक्सचेन्ज क्याम्पेन सुरू

काठमाडौँ । बीवाईडी अटो इन्डष्ट्रिका लागि नेपालमा आधिकारिक वितरक साइमेक्स इंक प्रालिले देशव्यापी “बीवाईडी मेगा एक्सचेन्ज क्याम्पेन” को घोषणा गरेको छ। कम्पनीले आगामी मे ७ देखि १० सम्म (वैशाख २४ देखि २७) सञ्चालन हुने यो विशेष कार्यक्रममार्फत विद्युतीय सवारी खरिदमा आकर्षक अफर ल्याएको हो।
कम्पनीका अनुसार यो क्याम्पेन अन्तर्गत ग्राहकहरूले जुनसुकै ब्रान्ड वा मोडेलको पुरानो गाडी साटेर बीवाईडीका चर्चित तीन मोडेल— बीवाईडी एट्टो ३, बीवाईडी डल्फिन, र बीवाईडी एम६— किन्न सक्नेछन्। यस क्रममा ग्राहकले ‘उद्योगकै उत्कृष्ट मूल्यांकन (बेस्ट इन इन्डष्ट्रि भ्यालुएसन)’ पाउनेछन्। साथै, साइमेक्सले यो अफरलाई विद्युतीय सवारीतर्फको रूपान्तरणलाई तिव्र बनाउनको लागि ‘फ्युचर अफ मोबिलिटीमा अपग्रेड हुने सुनौलो अवसर’ भनेको छ।
मेगा एक्सचेन्ज अवधिभर ग्राहकले एक्सचेन्ज बोनस, एक वर्षको निःशुल्क अटो प्लस बीमा, १० वर्षसम्मको विस्तारित वारेन्टी, ८० प्रतिशतसम्मको वित्तीय सुविधा (फाइनान्सिङ) र विशेष नगद छुट समेत प्राप्त गर्न सक्नेछन्। चार दिने अफर अवधिमा गाडी बुक गर्ने ग्राहकहरूका लागि लक्की ड्र को व्यवस्था पनि गरिएको छ, जसमा तीन जना विजेता ग्राहकले १२ महिनासम्मको किस्ता (फ्रि ईएमआई) नतिरी गाडी चलाउन पाउनेछन्।
बीवाईडी मेगा एक्सचेन्ज क्याम्पेन देशभर २० स्थानहरूमा रहेका शोरुम तथा विशेष स्थलहरूमा सञ्चालन गरिनेछ। ती स्थानहरूमा चितवनको बीवाईडी पार्क, बुटवलको भेल्भेट लक्स होटल, भैरहवाको बोधी रेडसन, नेपालगन्जको बीवाईडी शोरुम, दाङको माला इन, धनगढीको होटल रुबस, विर्तामोडको टाइमलेस मोमेन्ट्स होटल, दमक, इटहरी, विराटनगर, जनकपुर, लहान, वीरगन्ज, पोखरा, ललितपुर, पेप्सीकोला, कोटेश्वर, सोल्टीमोड, सातदोबाटो र नक्सालका बैंक्वेट र शोरुमहरू समावेश छन्।













