केई नेपालले ‘केई एक्स्चेन्ज कार्निभल २०८२’ आयोजना गर्ने, एक्स३ प्रो ईभीमा ६ लाखसम्म छुट

काठमाडौं । केई नेपालले ‘केई एक्स्चेन्ज कार्निभल २०८२’ आयोजना गर्ने भएको छ । कम्पनीले आफ्ना विद्युतीय सवारीसाधनहरू ‘ई–क्युट ०२’, ‘ई–क्युट ०४’ र ‘एक्स३ प्रो’ मा आकर्षक अफरसहित २६ देखि २८ वैशाखसम्म काठमाडौंको थापाथलीमा कार्निभल आयोजना गर्ने जनाएको छ ।
केई ईभीको नेपालका लागि आधिकारिक वितरक लक्ष्मी ई–मोबिलिटी र जीओ अटोमोबाइल्सका अनुसार एक्स्चेन्ज कार्निभलमा कुनै पनि ब्रान्डका पुराना सवारीसाधनहरूसँग केईका तीन मोडेल विशेष अफरसहित साट्न सकिनेछ ।
कार्निभलमा ग्राहकहरूले एक्स्चेन्ज योजना अन्तर्गत सवारीको तत्काल मूल्यांकन गराउन सक्नेछन्, जसमा उत्कृष्ट पुनर्मूल्यांकन, आकर्षक नगद छुट र मूल्यांकन गराउने हरेक व्यक्तिले दुई जनाका लागि क्यूएफएक्स सिनेमा टिकट पनि पाउनेछन् ।
त्यसैगरी चयन गरिएका मोडेलहरूमा बीमा, सडक कर कभरेज, तथा अतिरिक्त एक्स्चेन्ज बोनस प्राप्त गर्न सकिनेछ ।
बुकिङ गर्ने ग्राहकका लागि थप उपहारको व्यवस्था गरिएको छ । ई–क्युट सवारीसाधन बुकिङमा बोस जेट कार वासर र एक्स३ प्रो बुकिङमा बोस वासिङ मेसिन प्राप्त गर्न सकिने कम्पनीले जनाएको छ ।
परिवारका सबै सदस्यका लागि रमाइलोको वातावरण तयार गर्न कार्निभलमा मनोरञ्जन, खेलकुद र संगीतसमेत प्रस्तुत गरिनेछ ।
कम्पनीका अनुसार एक्स३ प्रोको सुरुवाती मूल्य ४३ लाख ९६ हजार रुपैयाँ तोकिएको छ । सो मोडेलमा ग्राहकले ६ लाख रुपैयाँसम्मको लाभ प्राप्त गर्न सक्नेछन् ।













