मानुषी लघुवित्तको तेस्रो त्रैमासः नाफा, ब्याज आम्दानी लगायतका सूचांकमा बृद्धि

२४ बैशाख २०८२, बुधबार १७:३१

काठमाडौं । मानुषी लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमासिक अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेका छन् । विवरण अनुसार कम्पनीको मुनाफा, ब्याज आम्दानी लगायतका वित्तीय सूचांकहरुमा सुधार देखिएको छ ।

चालु आर्थिक वर्षको चैत मसान्तसम्मको अवधिमा संस्थाले ९३ लाख ३१ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । गत वर्षको सोही अवधिमा भने कम्पनी ७२ लाख रुपैयाँ नोक्सानमा रहेको थियो ।

समीक्षा अवधिमा संस्थाको खुद ब्याज आम्दानी ३५.७१ प्रतिशत बढेर ७ करोड ७ लाख रुपैयाँ रहेको छ । साथै, सञ्चालन नाफा १ करोड ३३ लाख रुपैयाँ रहेको छ । हाल यसको चुक्ता पुँजी १० करोड ९३ लाख रुपैयाँ रहेको छ ।

जगेडा कोषमा ४ करोड ७९ लाख रुपैयाँ जम्मा छ । मानुषीको प्रतिसेयर आम्दानी २.६ रुपैयाँले बढेर ११.३८ रुपैयाँ कायम भएको छ । यसको प्रतिसेयर नेटवर्थ भने १५२.३४ रुपैयाँ देखिएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*