अभियान लघुवित्त नाफामा, खराब कर्जा ७ प्रतिशत नजिक

२५ बैशाख २०८२, बिहीबार ०७:३९

काठमाडौं । अभियान लघुवित्त वित्तीय संस्था लिमिटेडले चालू आर्थिक वर्षको चैत मसान्तसम्म २ करोड २५ लाख रुपैयाँ खुद नाफा गरेको छ।

गत वर्षको यसै अवधिसम्म कम्पनी २ करोड २३ लाख रुपैयाँ खुद घाटामा रहेकोमा चालू आवमा नाफा गरेको हो।

यससँगै कम्पनीको प्रतिशेयर आम्दानी पनि गत वर्ष १७ रुपैयाँ ८७ पैसा ऋणात्मक रहेकोमा चालू आवमा १२ रुपैयाँ धनात्मक भएको छ। कम्पनीको प्रतिशेयर नेटवर्थ ११६ रुपैयाँ ३० पैसा छ।

यस वर्ष कम्पनीको कुल सञ्चालन आम्दानी पनि ८ करोड रुपैयाँबाट बढेर १४ करोड ३६ लाख रुपैयाँ पुगेको छ। त्यस्तै खुद ब्याज आम्दानी पनि ५ करोड ८६ लाख रुपैयाँबाट बढेर ११ करोड रुपैयाँ नाघेको छ।

चुक्ता पूँजी २५ करोड रुपैयाँ रहेको कम्पनीको रिजर्भमा करीब १० करोड रुपैयाँ छ भने जगेडा कोषमा करीब ६ करोड रुपैयाँ ऋणात्मक छ। कम्पनील्े २ अर्ब ७२ करोड रुपैयाँ सापटी लिएर ३ अर्ब १२ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ भने ३२ करोड रुपैयाँ निक्षेप संकलन गरेको छ।

खराब कर्जा ४.९२ प्रतिशतबाट बढेर ६.८४ प्रतिशत पुगेको कम्पनीको वितरणयोग्य नाफा ५ करोड ९१ लाख रुपैयाँ ऋणात्मक रहेको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*