गोर्खाज फाइनान्सले जेठ ९ गते पुनः बोलायो साधारणसभा
२५ बैशाख २०८२, बिहीबार १०:४०

काठमाडौं । गोर्खाज फाइनान्स लिमिटेडले पुस २९ गते बोलाएको ३०औं वाािर्षक साधारणसभा गणपूरक संख्या नपुगेर स्थगित भएपछि जेठ ९ गते पुनः सभा बोलाएको छ।
कम्पनीको वैशाख २४ गते बसेको सञ्चालक समितिको बैठकले बत्तिसपुतलीस्थित अनुपम फुडल्याण्डमा बिहान ११ बजेदेखि सभा बस्ने निर्णय गरेको हो।
कम्पनीले लाभांश सम्बन्धी कुनै प्रस्ताव समावेश गरेको छैन।
सभाले गत आवको वित्तीय विवरणहरू पारित गरी चालू आवको लागि लेखापरीक्षक नियुक्ति गर्ने र कम्पनीको प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने छ।
सभा प्रयोजनार्थ कम्पनीले गत पुस १९ गते बुक क्लोज गरिसकेकाले पुस १८ गतेसम्म कायम शेयरधनीहरू सभामा भाग लिन सक्नेछन्।













