महुली लघुवित्तको नाफासँगै बढ्यो प्रतिशेयर आम्दानी, लाभांश क्षमता कति?

काठमाडौं । महुली लघुवित्त वित्तीय संस्था लिमिटेडले चालू आर्थिक वर्षको चैत मसान्तसम्म ४ करोड ५ लाख रूपैयाँ खुद नाफा गरेको छ।
गत वर्षको यसै अवधिसम्म ३ करोड २२ लाख रूपैयाँ खुद नाफा गरेको कम्पनीले यस वर्ष २५.६२ प्रतिशत बढी खुद नाफा गरेको हो।
नाफासँगै कम्पनीको प्रतिशेयर आम्दानी पनि १ रूपैयाँ २७ पैसाले बढेर १४ रूपैयाँ ६२ पैसा पुगेको छ। प्रतिशेयर नेटवर्थ १९४ रूपैयाँ ५१ पैसा छ।
यस वर्ष कम्पनीको खुद ब्याज आम्दानी १९ करोड ४० लाख रूपैयाँबाट बढेर २५ करोड ८२ लाख रूपैयाँ पुगेको छ। सञ्चालन नाफा पनि ४ करोड ६१ लाख रूपैयाँबाट बढेर ५ करोड ७९ लाख रूपैयाँ पुगेको छ।
चुक्ता पूँजी ३६ करोड ९९ लाख रूपैयाँ रहेको कम्पनीको जगेडा कोषमा साढे ४ करोड रूपैयाँबढी र रिजर्भमा ३० करोड ४२ लाख रूपैयाँ छ।
कम्पनीले २ अर्ब ८५ करोड रूपैया सापटी लिएर ४ अर्ब ९२ करोड रूपैयाँ कर्जा प्रवाह र १ अर्ब ७५ करोड रूपैयाँ निक्षेप संकलन गरेको छ।
गत वर्ष १ करोड १२ लाख रुपैयाँ रहेको वितरणयोग्य नाफा (लाभांश क्षमता) ३ सय प्रतिशतभन्दा बढीले वृद्धि भएर ४ करोड ५३ लाख रुपैयाँ नाघेको छ।













