आरआर स्ववियुमा असन्तुष्ट पक्षलाई झट्का, खड्का र उपाध्यायको नेतृत्वलाई काम गर्ने बाटो खुल्यो

काठमाडौं । काठमाडौंको प्रदर्शनीमार्गस्थित रत्नराज्यलक्ष्मी (आरआर) क्याम्पसमा सहमतिमै गठन गरिएको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) समिति विरुद्ध परेको रिटमा उच्च अदालत पाटनले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ ।
स्ववियुमा समावेश नगरिएको भन्दै असन्तुष्ट समूहले अदालतमा रिट दायर गरेका थिए । नेविसंघनिकट विद्यार्थीहरु सहित असन्तुष्ट पक्षले आफूहरुको जानकारीबिनै समिति घोषणा गरिएको दाबी गर्दै अदालतमा अन्तरिम आदेशको मागसहित रिट दायर गरेका थिए । तर, न्यायाधीश खडानन्द तिवारी र प्रकाश खरेलको संयुक्त इजलासले रिटमा अन्तिम आदेश दिन नमिल्ने फैसला गरेको हो ।

यो फैसलासँगै सभापति लोकेशकुमार खड्का र सचिव शैलेन्द्र उपाध्यायको नेतृत्वमा रहेको स्ववियुले विधिवत रूपमा निरन्तरता पाउने भएको छ । अदालतको निर्णयपछि स्ववियुको विवाद समाधान हुँदै क्याम्पसमा संगठनात्मक स्थायित्व आउने अपेक्षा गरिएको छ ।













