‘नेपाल लाइफ इन्भेष्टमेन्ट क.लि.’को समुद्घाटन सम्पन्न, लगानी विस्तारमा आक्रामक बन्दै कम्पनी

काठमाडौ । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो सहायक कम्पनीको रुपमा ‘नेपाल लाइफ इन्भेष्टमेन्ट कम्पनी लिमिटेड’को भव्य उद्घाटन गरेको छ । बिहीबार कमलपोखारीमा रहेको सिटी सेन्टरको तेस्रो तालामा केन्द्रिय कार्यालय रहेको सो कम्पनीको नेपाल लाइफ इन्स्योरेन्स कम्पनीका संचालक समिती अध्यक्ष गोविन्द लाल संघई र नेपाल बीमा प्राधिकरणका कार्यकारी निर्देशक सुशील देव सुवेदीले संयुक्त रुपमा उद्घाटन गरेका हुन् ।
चुक्ता पुँजी एक अर्ब ८० करोड रुपैयाँ रहेको कम्पनीको कुल लगानी पाँच अर्ब रुपैयाँ रहेको छ । उद्घाटन कार्यक्रमलाई सम्बोनध गर्दै नेपाल लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत प्रविण रमण पराजुलीले नेपाल लाइफले समग्र बीमा क्षेत्रको नेतृत्व गर्दै लगानी विविधिकरणमा कम्पनी अघि बढीरहेको बताएका छन् ।

नेपाल लाइफ इन्भेष्टमेन्ट कम्पनीका अध्यक्ष अमित कुमार कयालले नेपाल लाइफ एउटा ब्राण्ड भएका आम नेपाली जनतासँग प्रत्यक्ष तथा अप्रत्यक्ष जोडिएका भएर नेपाल इन्भेष्टमेन्ट कम्पनीले आगामी दिनमा लगानी सही र उच्चतम प्रतिफल आउने क्षेत्रमा लगानी गर्ने बताए ।
उद्घाटन कार्यक्रममा नेपाल बीमा प्राधिकरणका कार्यकारी निर्देशक सुशील देव सुवेदी, नेपाल लाइफ इन्स्योरेन्सका अध्यक्ष गोबिन्द लाल संघई, प्रमुख कार्यकारी प्रविण रमण पराजुली, नायब प्रमुख कार्यकारी अबिकृत अमित कुमार कयाल, नायव महाप्रबन्धक उमापति पोखरेल, कम्पनीका अभिकर्ता तथा कर्मचारी लगायतको सहभागिता रहेको थियो ।













