नक्कली प्रमाणपत्र प्रयोग गरि इन्जिनियर पदमा जागिर, सुमन खनाल परे अख्तियारको फन्दामा

२५ बैशाख २०८२, बिहीबार १८:३३

काठमाडौं । राष्ट्रिय आवास कम्पनी लिमिटेड पुल्चोक ललितपुरमा करारमा इन्जिनियरका रूपमा कार्यरत सुमन खनालविरुद्ध विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरिएको छ। खनालले पेश गरेका शैक्षिक योग्यताका प्रमाणपत्रहरू नक्कली रहेको उजुरीको अनुसन्धानपछि कारबाही अघि बढाइएको हो।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका अनुसार खनालले बी.ई. सिभिल इन्जिनियरिङ्ग तहको शैक्षिक प्रमाणपत्र, शैक्षिक विवरणपत्र (ट्रान्सक्रिप्ट), क्यारेक्टर सर्टिफिकेट, प्रोभिजनल सर्टिफिकेट, इस्टर्न कलेज अफ इन्जिनियरिङ्गबाट जारी भएको क्यारेक्टर सर्टिफिकेट, नेपाल इन्जिनियरिङ्ग परिषद्को इन्जिनियरिङ्ग दर्ता प्रमाणपत्र तथा इन्जिनियरिङ्गको लाइसेन्ससमेत नक्कली प्रयोग गरेका थिए।

उक्त नक्कली कागजातहरू प्रयोग गरी उनले इन्जिनियर पदमा करार तथा ज्यालादारी सेवामा नियुक्ति लिई पद, लाभ र सुविधा प्राप्त गरेको आयोगले जनाएको छ।

अख्तियारको अनुसन्धानबाट खनालले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा (१) बमोजिमको कसुर गरेको पुष्टि भएको भन्दै सोही अनुसार कैद र जरिवानाको सजाय हुनुपर्ने मागसहित आज विशेष अदालतमा आरोपपत्र दायर गरिएको हो।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*