नाफासँगै प्रतिशेयर आम्दानी घटेको समता घरेलु लघुवित्तको लाभांश क्षमता कति?

काठमाडौं । समता घरेलु लघुवित्त वित्तीय संस्था लिमिटेडले चालू आर्थिक वर्षको चैत मसान्तसम्म २ करोड ६१ लाख रूपैयाँ खुद नाफा गरेको छ। गत आवको यसै अवधिसम्म ३ करोड रूपैयाँ खुद नाफा कमाएको कम्पनीको यस वर्ष खुद नाफा १३ प्रतिशतले घटेको हो।
खु्द नाफासँगै कम्पनीको प्रतिशेयर आम्दानी पनि ४.११ रूपैयाँले घटेर ५.५४ रूपैयाँमा झरेको छ। गत वर्ष कम्पनीको प्रतिशेयर आम्दानी ९.६५ रूपैयाँ थियो।
यद्यपि कम्पनीको खुद ब्याज आम्दानी भने साढे १४ करोड रूपैयाँबाट ४३.७२ प्रतिशतले वृद्धि भएर २० करोड ८५ लाख रूपैयाँ नाघेको छ। यता सञ्चालन नाफा भने ४ करोड २९ लाख रूपैयाँबाट घटेर ३ करोड ७३ लाख रूपैयाँमा झरेको छ।
चुक्ता पूँजी ६२ करोड ९० लाख रूपैयाँ रहेको कम्पनीको जगेडा कोषमा १ करोड ३७ लाख रूपैयाँ र रिजर्भमा १५ करोड २६ लाख रूपैयाँ रहेको छ। ३ अर्ब १४ करोड रूपैयाँ सापटी लिएको कम्पनीले ५ अर्ब १९ करोड कर्जा प्रवाह र १ अर्ब ५४ करोड रूपैयाँ निक्षेप संकलन गरेको छ।
कम्पनीको खराब कर्जा गत वर्ष ४.८९ प्रतिशत रहेकोमा यस वर्ष बढेर ६.५३ प्रतिशत पुगको छ। कम्पनीको वितरणयोग्य नाफा (लाभांश क्षमता) १ करोड ३७ लाख रुपैयाँ रहेको छ।













