एशियन लाइफले ४२ प्रतिशत हकप्रद सेयर बिक्री गर्ने

२६ बैशाख २०८२, शुक्रबार १५:००

काठमाडौं । एशियन लाइफले ४२ प्रतिशत हकप्रद सेयर बिक्री गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको छ । एसियनले १ः०।४२ अनुपातमा प्रतिकित्ता १०० रुपैयाँको दरले १ करोड ४२ लाख ७९ हजार ३१२।४८ कित्ता हकप्रद सेयर बिक्री गर्न अनुमति पाएको हो ।

यसआधारमा, १ अर्ब ४२ करोड ७९ लाख ३१ हजार २४८ रुपैयाँ बराबरको सेयर जारी हुनेछ । यो हकप्रद सेयरमा मुक्तिनाथ क्यापिटल बिक्री प्रबन्धक रहेको छ । उक्त हकप्रद सेयर बिक्रीपछि एसियन लाइफको चुक्ता पुँजी ४ अर्ब ८२ करोड रुपैयाँ माथि पुग्नेछ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*