भारत र पाकिस्तानबीच युद्धविराम

२८ बैशाख २०८२, आईतवार ०६:१७

काठमाडौं । लगातार चार दिनसम्मको तनावपूर्ण सैनिक आक्रमण प्रत्याक्रमण पछि भारत र पाकिस्तानले युद्धविरामको घोषणा गरेका छन् ।

हिजो अपरान्ह पाँच बजेदेदि युद्धविराम घोषणा गरिएको हो । अमेरिकी समन्वयमा दुई देशका बीचमा युद्धविराम गर्ने सहमति भएको हो । हिजै मात्र पाकिस्तानले भारतले तीन दिनदेखिको आक्रमणको विरुद्धमा प्रत्याक्रमण सुरु गरेको थियो । पाकिस्तानले प्रत्याक्रमण सुरु गरेको १२ घण्टाभित्रैमा युद्धविराम सुरु भएको हो ।

शनिबार अपरान्ह १५ः३५ बजे भारतीय विदेश सचिव बिक्रम मिस्त्रीले पाकिस्तानका सैनिक अप्रेशनका निर्देशकलाई टेलिफोन संवाद गरी आपसमा दुई देशका बीचमा भारतीय समय अनुसार शनिबार नै अपरान्ह पाँच बजेदेखि युद्धविराम गर्ने सहमति गरेका थिए ।

युद्धविरामपछि पनि आजराति भारत र पाकिस्तानका बीचमा युद्धविराम उल्लंघन गरी ड्रोन हमला गरेको आरोप लगाइरहेका छन् । हिजो राति जम्मु कास्मिरमा केही विस्फोटका आवाजहरु सुनिएको सञ्चार माध्यमहरुले जनाएका छन् । यद्यपि दुवै देशले युद्धविरामप्रति प्रतिबद्धता जनाइरहेका छन् ।

 

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*