नेपाल लाइफको नाफा बढ्यो, जीवन बीमा कोष २ खर्ब २५ अर्बमाथि

२८ बैशाख २०८२, आईतवार ०७:१५

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले चालू आर्थिक वर्षको तेस्रो त्रैमाससम्म ६५ करोड २३ लाख रूपैयाँ खुद नाफा गरेको छ।

गत वर्षको यसै अवधिसम्म ६० करोड ३ लाख रूपैयाँ खुद नाफा गरेको कम्पनीले यस वर्ष ८.६४ प्रतिशत बढि खुद नाफा गरेको हो।

कम्पनीको जीवन बीमा कोष गत वर्ष १ खर्ब ८८ अर्ब रूपैयाँ रहेकोमा यस वर्ष करीब २० प्रतिशतले बढेर २ खर्ब २५ अर्ब रूपैयाँ नाघेको छ।

त्यसैगरी गत वर्षको चैत मसान्तसम्म २९ अर्ब १२ करोड रूपैयाँ खुद ब्याज आम्दानी गरेकोमा यस वर्ष बढेर साढे ३२ अर्ब रूपैयाँ नाघेको छ।

कम्पनीको कुल आम्दानी ४२ अर्ब ७९ करोड रूपैयाँबाट बढेर ४७ अर्ब ७२ करोड रूपैयाँ पुगेको छ भने कुल खर्च पनि ३९ अर्ब ७० करोड रूपैयाँबाट बढेर ४४ अर्ब ९० करोड रूपैयाँ नाघेको छ।

चुक्ता पूँजी ९ अर्ब २ करोड ८७ लाख रूपैयाँ रहेको कम्पनीको महाविपत्ति कोषमा १ अर्ब ३२ करोड रूपैयाँ, जगेडा कोषमा १ अर्ब १८ करोड रूपैयाँ सञ्चिति रहेको छ।

कम्पनीको प्रतिशेयर आम्दानी (ईपीएस) गत वर्ष ९.७५ रूपैयाँ रहेकोमा यस वर्ष ०.१२ रूपैयाँले घटेर ९.६३ रूपैयाँ कायम भएको छ भने प्रतिशेयर नेटवर्थ १३५.८१ रूपैयाँ रहेको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*