लिवर्टी माइक्रो लाइफको नाफा सामान्य बढ्यो, जीवन बीमा कोष ७ करोड २० लाख माथि

२८ बैशाख २०८२, आईतवार ०८:०५

काठमाडौं । लिवटी माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडले चालू आर्थिक वर्षको चैत मसान्तसम्म ८९ लाख १३ हजार रूपैयाँ खुद नाफा गरेको छ।

गत वर्षको यसै अवधिसम्म ८७ लाख ४२ हजार रूपैयाँ खुद नाफा गरेको कम्पनीले यस वर्ष करीब २ प्रतिशत बढी खुद नाफा गरेको हो।

गत वर्ष कम्पनीको जीवन बीमा कोष ५१ लाख ३२ हजार रूपैयाँ रहेकोमा यस वर्ष बढेर ७ करोड २० लाख रूपैयाँ नाघेको छ।

त्यस्तै कम्पनीको खुद ब्याज आम्दानी गत वर्ष ९८ लाख ७१ हजार रूपैयाँ रहेकोमा यस वर्ष ९६६ प्रतिशतले बढेर साढे १० करोड रूपैयाँ नाघेको छ।

कम्पनीको कुल आम्दानी ४ करोड ४६ लाख रूपैयाँबाट बढेर साढे १४ करोड रूपैयाँभन्दा बढी पुगेसँगै कुल खर्च पनि ३ करोड ५९ लाख रूपैयाँबाट बढेर १३ करोड ६४ लाख रूपैयाँ नाघेको छ।

कम्पनीको प्रतिशेयर आम्दानी गत वर्ष २.२२ रूपैयाँ रहेकोमा यस वर्ष सामान्य बढेर २.२६ रूपैयाँ पुगेको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*