आइजीआई प्रुडेन्सियल इन्स्योरेन्सको नाफासँगै ईपीएसमा गिरावट, यस्तो छ समग्र वित्तीय अवस्था

२८ बैशाख २०८२, आईतवार ०८:०४

काठमाडौं । आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स कम्पनीले चालु आर्थिक वर्षको तेस्रो त्रैमासिक अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । आइतबार सार्वजनिक गरेको विवरण अनुसार कम्पनीले मुनाफामा सामान्य गिरावट आएको छ भने बीमा शुल्क आर्जन लगायतका प्रमुख सूचांकहरुमा सुधार देखिएको हो ।

चालु आवको चैत मसान्तसम्मको अवधिमा कम्पनीको मुनाफामा ४३.३१ प्रतिशतले भारी गिरावट आएको छ । कम्पनीले अघिल्लो आवको सोही अवधिमा ४६ करोड ७३ लाख मुनाफा आर्जन गरेकोमा समीक्षा अवधिमा २६ करोड ५१ लख रुपैयाँमा सीमित बनेको छ ।

समीक्षा अवधिमा आइजीआई प्रुडेन्सियल इन्स्योरेन्सको कुल बीमा शुल्क आर्जन दुई अर्ब ५३ करोड ४३ लाख रुपैयाँ रहेको छ । गत आर्थिक वर्षको तुलनामा कम्पनीको व्यवसाय १०.९३ प्रतिशतले बृद्धि भएको छ । कम्पनीले गत आवको सोही अवधिमा दुई अर्ब २८ करोड ४६ लाख रुपैयाँ मुनाफा आर्जन गरेको थियो ।

कम्पनीले प्रकाशित गरेको तेस्रो त्रैमासिक वित्तीय विवरण

यस अवधिमा कम्पनीको खुद बीमा शुल्क आर्जन गत आर्थिक वर्षको तुलनामा ७.१२ प्रतिशतले बढेर ९२ करोड ९१ लख रुपैयाँ पुगेको । गत आवको यसै अवधिमा कम्पनीको यस्तो व्यवसाय ८६ करोड ७३ लाख रुपैयाँ रहेको विवरणले देखाएको छ ।

प्रकाशित वित्तीय विवरण अनुसार कम्पनीको विशेष जगेडा कोषमा एक अर्ब ८१ करोड २४ लाख रुपैयाँ, महाविपत्ति कोषमा नौ करोड २२ लाख रुपैयाँ र रिटेन्ड अर्निङमा १२ करोड ५२ लाख रुपैयाँ सञ्चिती रहेको छ ।

समीक्षा अवधिसम्म कम्पनीको बीमा कोषको आकार २ प्रतिशतले बढेर चार अर्ब ६१ करोड ७१ लाख रुपैयाँ रहेको छ । कम्पनीको प्रतिशेयर आम्दानी ११ रुपैयाँ ६७ पैसा रहेको छ भने प्रतिशेयर नेटवर्थ १८५ रुपैयाँ ३० पैसा रहेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*