प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्सको नाफा ३९ प्रतिशत बढ्यो

काठमाडौं । प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्स लिमिटेडले चालू आर्थिक वर्षको तेस्रो त्रैमासिक वित्तीय विवरण प्रकाशित गरेको छ। जसअनुसार कम्पनीले चालू आवको चैत मसान्तसम्म ३२ लाख रूपैयाँ खुद नाफा गरेको छ।
गत आवको यसै अवधिसम्म २३ लाख रूपैयाँ मात्रै खुद नाफा गरेको कम्पनीले यस वर्ष भने ३९.१९ प्रतिशत बढी खुद नाफा गर्न सफल भएको हो।
यस वर्ष कम्पनीको खुद ब्याज आम्दानी पनि ३३ लाख १२ हजार रूपैयाँबाट ७९०.४० प्रतिशतले वृद्धि भएर करीब २ करोड ९५ लाख रूपैयाँ पुगेको छ।

यस वर्ष कम्पनीको कुल आम्दानी १०७.६३ प्रतिशतले र कुल खर्च ११३.९० प्रतिशतले वृद्धि भएको तथ्यांकले देखाएको छ। कम्पनीले गत वर्ष करीब ३ करोड ९२ लाख रूपैयाँ कुल आम्दानी गरेकोमा यस वर्ष ८ करोड १३ लाख रूपैयाँ बढी र कुल खर्च गत वर्ष ३ करोड ५८ लाख रूपैयाँ गरेकोमा यस वर्ष ७ करोड ६७ लाख रूपैयाँबढी खर्चिएको छ।
चुक्ता पूँजी ५२ करोड ५० लाख रूपैयाँ रहेको कम्पनीको महाविपत्ति कोषमा करीब ५ लाख रूपैयाँ, जगेडा कोषमा ४३ लाख रूपैयाँ र स्पेशल रिजर्भमा करीब ५१ लाख रूपैयाँ सञ्चिति रहेको छ।
कम्पनीको प्रतिशेयर आम्दानी गत वर्ष ०.५८ रूपैयाँ रहेकोमा यस वर्ष बढेर ०.१८ रूपैयाँ पुगेको छ।













