ओरियण्टल इन्स्योरेन्सको व्यवसाय २०% ले बढ्यो, बीमा कोष चार अर्ब ८ करोड

२८ बैशाख २०८२, आईतवार १०:१२

काठमाडौं । द ओरियण्टल इन्स्योरेन्स कम्पनीले चालु आर्थिक वर्षको तेस्रो त्रैमासिक अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । आइतबार सार्वजनिक गरेको विवरण अनुसार कम्पनीले मुनाफामा सामान्य गिरावट आएको छ भने बीमा शुल्क आर्जन लगायतका प्रमुख सूचांकहरुमा सुधार देखिएको हो ।

चालु आवको चैत मसान्तसम्मको अवधिमा कम्पनी १३ करोड ८३ लाख रुपैयाँ नोक्सानमा चलिरहेको छ । कम्पनीले गत आवको सोही अवधिमा ४६ करोड १७ लाख रुपैयाँ मुनाफा आर्जन गरेको थियो ।

चार अर्ब आठ करोड ४९ लाख रुपैयाँको बीमा कोष रहेको यस कम्पनीको महाविपत्ती कोषमा ६ करोड ३३ लाख रुपैयँ र स्पेशन रिजर्भमा एक अर्ब ६६ करोड ११ लाख रुपैयाँ सञ्चिती रहेको छ ।

कम्पनीको कुल व्यवसाय २०.३६ प्रतिशतले बृद्धि भएको छ । प्रकाशित वित्तीय विवरण अनुसार यस वर्ष कम्पनीले एक अर्ब ६२ करोड ८३ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ । कम्पनीले गत आर्थिक वर्षको सोही अवधिमा एक अर्ब ३५ करोड २८ लाख रुपैयाँको व्यवसाय गरेको थियो ।

समीक्षा अवधिमा द ओरियण्टल इन्स्योरेन्सको बीमा दावी भुक्तानी ३२ प्रतिशतले बृद्धि भएको छ । कम्पनीले यस वर्ष ७६ करोड ५७ लाख रुपैयाँको बीमा दावी भुक्तानी गरेको छ । कम्पनीले गत आवको सोही अवधिमा ५७ करोड ८७ लाख रुपैयाँको बीमा दावी भुक्तानी गरेको थियो । बाढी पहिरो र विभिन्न घटनाका कारण यस वर्ष निर्जीवन बीमा कम्पनीहरुमा बीमा दावी ह्वातै बढेको छ ।

कम्पनीको कुल खर्च १०२ प्रतिशतले बृद्धि भएर ५९ करोड ३८ लाख रुपैयाँबाट एक अर्ब २० करोड ३७ लाख रुपैयाँ पुगेको छ । समीक्षा अवधिमा कम्पनीले ३३ हजार ५०१ वटा बीमा पोलिसी जारी गरेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*