मेट लाइफको नाफा २७ प्रतिशत बढ्यो, जीवन बीमा कोष २८ अर्ब ३९ करोड

२८ बैशाख २०८२, आईतवार १०:०२

काठमाडौं । मेट अमेरिकन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले चालू आर्थिक वर्षको तेस्रो त्रैमासिक वित्तीय विवरण आज प्रकाशित गरेको छ। जसअनुसार कम्पनीले चालू आवको चैत मसान्तसम्म ३४ करोड ५१ लाख रूपैयाँ खुद नाफा गरेको छ।

गत आवको यसै अवधिसम्म २७ करोड ४ लाख रूपैयाँ मात्रै खुद नाफा गरेको कम्पनीले यस वर्ष भने २७.६१ प्रतिशत बढी खुद नाफा गर्न सफल भएको हो।

गत वर्ष कम्पनीको जीवन बीमा कोष २५ अर्ब ७ करोड रूपैयाँ रहेकोमा यस वर्ष १३.२६ प्रतिशतले वृद्धि भएर २८ अर्ब ३९ करोड रूपैयाँभन्दा माथि पुगेको छ।

यस वर्ष कम्पनीको खुद ब्याज आम्दानी पनि ३ अर्ब ९७ करोड रूपैयाँबाट ७.२७ प्रतिशतले वृद्धि भएर ४ अर्ब २६ करोड रूपैयाँ नाघेको छ। कम्पनीको कुल आम्दानी पनि ६ अर्ब ८ करोड रूपैयाँबाट ६.१६ प्रतिशतले बढेर ६ अर्ब ४५ करोड रूपैयाँ नाघेको छ।

त्यस्तै यस वर्ष कम्पनीको कुल खर्च पनि ५.१९ प्रतिशतले वृद्धि भएको तथ्यांकले देखाएको छ। कम्पनीको कुल खर्च गत वर्ष करीब साढे ५ अर्ब रूपैयाँ रहेकोमा यस वर्ष ५ अर्ब ७८ करोड रूपैयाँ नाघेको छ।

कम्पनीको महाविपत्ति कोषमा ५६ करोड २३ लाख रूपैयाँ रहेको छ भने जगेडा कोषमा २ अर्ब ५२ करोड रूपैयाँ सञ्चिति रहेको छ। गत वर्ष कम्पनीको महाविपत्ति कोषमा ५२ करोड ७६ लाख रूपैयाँ र जगेडा कोषमा २ अर्ब ५६ करोड रूपैयाँ सञ्चिति थियो।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*