बुटवलमा बीमा सर्भेयरको सेमिनार सम्पन्न

२८ बैशाख २०८२, आईतवार १२:५०

काठमाडौं । नेपाल बीमा सर्भेयर संघ, बुटवल च्याप्टरले Risk To Ricovery: The Role Of Property Insurance विषयमा एकदिने सेमिनार सम्पन्न गरेको छ ।

शनीवार बुटवलको पौवा होटलमा नेपाल बीमा प्राधिकरणका कार्यकारी निर्देशक सुशील देव सुवेदीको प्रमुख अतिथ्यता र नेपाल सर्भेयर संघका अध्यक्ष मोहन पुरुष ढकालको सभापतित्वमा उक्त सेमिनार सम्पन्न भएको हो ।

सेमिनारलाई सम्बोधन गर्दै नेपाल बीमा प्राधिकरणका कार्यकारी निर्देशक शुसील देव सुवेदीले सर्भेयर संघले आयोजना गरेको सेमिनारको सफलताको शुभकामना दिदैं सर्भेयर संघलले आफै इन्सीच्यूट खोलेर तालिम दिन समेत सुझाव दिए । साथै, उनले सर्भेयर संघलाई आवश्यक पर्ने सबै खाले कार्यक्रम सहयोग गर्न बीमा प्राधिकरण सधै तयार रहेको धारणा व्यक्त गरेका छन् ।

सेमिनारमा नेपाल बीमा प्राधिकरणका कार्यकारी निर्देशक सुशील देव सुवेदी, निर्देशक निर्मल अधिकारी, नेपाल बीमा प्राधिकरण लुम्बिनी प्रदेश प्रमुख जमुना अर्याल , पूर्व लुम्बिनी प्रदेश प्रमुख पुर्ण बहादुर थापा, सर्भेयर संघका अध्यन मोहन पुरुष ढकाल, नेपाल बीमा सर्भेयर संघ, बुटवल च्याप्टरका संयोजनक गोबिन्द ढकाल र बीमक, कर्पोरेट तथा विभिन्न कर्पोरेट क्षेत्रका कर्मचारीहरुसहित १५० जना बढीको सहभागिता रहेको थियो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*