नेपाल माइक्रो र क्रेष्ट माइक्रो लाइफसहित ५ कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट
२८ बैशाख २०८२, आईतवार १५:१३

काठमाडौं । साता कारोबारको पहिलो दिन अर्थात आइतबार शेयर बजार सामान्य अंकले घटेको छ । आज कारोबार भएका पाँच कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ ।
आइतबार नेपाल माइक्रो इन्स्योरेन्स, क्रेष्ट माइक्रो लाइफ इन्स्योेरेन्स, हिमालयन हाइड्रोपावर, जोशी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी र ओम मेगा श्री लगायतका कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ ।
साथै, आज सोल्टी होटल, सिक्लेस हाइड्रोपावर, उन्नती सहकार्य लघुवित्त, लुम्बिनी विकास बैंक तथा ओरियण्टल होटल्स लगायतका कम्पनीको शेयरमूल्यमा हरियाली छाएको छ ।














