५२ सवैधानिक पदाधिकारी नियुक्तीसम्बन्धि विवादमा पुनः सुनुवाई सुरु

२८ बैशाख २०८२, आईतवार १८:३८

काठमाडौं । संवैधानिक आयोग नियुक्तिसम्बन्धी विवाद संवैधानिक इजलासमा आइतबारदेखि सुनुवाइ सुरु भएको छ । प्रधानन्यायाधीशसहित पाँच न्यायाधीश सम्मिलित संवैधानिक इजलासमा आइतबारदेखि बहस सुरु भएको हो ।

गएको माघ ३० गतदेखि इजलासको प्राथमिकतामा परेको यस विवादमा ७ वैशाखदेखि १० वैशाखसम्म निरन्तर (दिनदिनै) सुनुवाइ भएको थियो । सामान्यतया बुधवार र शुक्रवार बस्ने संवैधानिक इजलास यही विवादको लागि दैनिक बसेको थियो ।

यो विवादमा नियुक्तिविरुद्ध परेका १५ निवेदन दिने निवेदकको तर्फबाट बहस सकिसकेको छ भने विपक्षमा रहेका कानुन व्यवसायीहरुले बहस गर्दै आएका छन् । अन्तिम सुनुवाइ भएको १० बैशाखम अख्तियार दुरूपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईसँगै अन्य संवैधानिक पदाधिकारीतर्फका कानुन व्यवसायीले बहस गरेका थिए ।

चार वर्षअघि केपी शर्मा ओली प्रधानमन्त्री हुँदा दुईपटक गरी ५२ जनालाई अख्तियारसहित विभिन्न संवैधानिक आयोगमा नियुक्ति गरिएको थियो । ती नियुक्ति गैरकानुनी रहेको दाबी गरी अधिवक्ता ओमप्रकाश अर्यालले २०७७ पुस १ गते पहिलो रिट निवेदन दायर गरेका थिए । भने अरू १४ वटा निवेदन यही विषयमा परेका थिए ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*