अपर तामाकोशीमा रहेका राष्ट्रिय जीवन बीमा कम्पनी सहित तीन संस्थाका सञ्चालक अवैध ठहर

२८ बैशाख २०८२, आईतवार १८:५८

काठमाडौं । कम्पनी रजिष्ट्रारको कार्यालयले अपर तामाकोशी हाइड्रोपावरमा ऋणदाताको तर्फबाट सञ्चालक रहेका राष्ट्रिय जीवन बीमा कम्पनी, कर्मचारी सञ्चय कोष, नागरिक लगानी कोष, नेपाल टेलिकमका सञ्चालकलाई अवैध ठहर गरेको छ ।कार्यालयले कम्पनी ऐनअनुसार ऋणदाताको तर्फबाट सञ्चालक हुन पाउने व्यवस्था नभएकाले स्वतन्त्र सञ्चालक समिति गठन गरेर सात दिनको अल्टिमेटम दिएको छ ।

कुल ११ जना सञ्चालक रहेको अपर तामाकोशीमा ऋणदाताको तर्फबाट चार जना सञ्चालक रहेकोमा कार्यालयको परिपत्रले सबै अवेध ठहर भएका छन् ।
कार्यालयले कम्पनी ऐनअनुसार ऋणदाताको तर्फबाट सञ्चालक हुन पाउने व्यवस्था नभएकाले स्वतन्त्र सञ्चालक समिति गठन गरेर सात दिनभित्र जानकारी दिन निर्देशन दिएको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*