एशियन लाइफको वित्तीय विवरणमा प्रगतिः नाफासँगै बढ्यो प्रतिशेयर आम्दानी

२९ बैशाख २०८२, सोमबार ०६:२७

काठमाडौं । एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले चालू आर्थिक वर्षको तेस्रो त्रैमासिक वित्तीय विवरण आज प्रकाशित गरेको छ। जसअनुसार कम्पनीले चालू आवको चैत मसान्तसम्म ३३ करोड ४७ लाख रूपैयाँ खुद नाफा गरेको छ।

गत आवको यसै अवधिसम्म २० करोड ९८ लाख रूपैयाँ खुद नाफा गरेको कम्पनीले गत वर्षको तुलनामा यस वर्ष ५९.५१ प्रतिशत बढी खुद नाफा गर्न सफल भएको हो।

खुद नाफा बढेसँगै कम्पनीको प्रतिशेयर आम्दानी (ईपीएस) पनि ४.९० रूपैयाँले वृद्धि भएको छ। कम्पनीको ईपीएस गत वर्ष ८.२३ रूपैयाँ रहेकोमा चालू आवमा बढेर १३.१३ रूपैयाँ पुगेको छ।

त्यस्तै गत वर्ष कम्पनीले ५ अर्ब ६१ करोड रूपैयाँ खुद ब्याज आम्दानी गरेकोमा चालू आवमा १३.६१ प्रतिशतले वृद्धि भएर ६ अर्ब ३७ करोड रूपैयाँ नाघेको छ।

यस वर्ष कम्पनीको कुल आम्दानी ७.३५ प्रतिशतले बढ्दा कुल खर्च ६.८० प्रतिशतले वृद्धि भएको तथ्यांकले देखाएको छ। कम्पनीको कुल आम्दानी ८ अर्ब ६० करोड रूपैयाँबाट बढेर ९ अर्ब २३ करोड रूपैयाँ नाघेको छ भने कुल खर्च पनि ७ अर्ब ९१ करोड रूपैयाँबाट बढेर ८ अर्ब ४५ करोड रूपैयाँ नाघेको छ।

चुक्त पूँजी ३ अर्ब ३९ करोड ९८ लाख रूपैयाँ रहेको कम्पनीको महाविपत्ति कोषमा २६ करोड रूपैयाँ र जगेडा कोषमा ६३ करोड ८८ लाख रूपैयाँ सञ्चिति रहेको छ।

कम्पनीको जीवन बीमा कोष गत वर्ष ४१ अर्ब ३ करोड रूपैयाँ रहेकोमा चालू आवमा ११.२१ प्रतिशतले बढेर ४५अर्ब ६३ करोड रूपैयाँ नाघेको छ। कम्पनीको प्रतिशेयर नेटवर्थ १२८.५७ रूपैयाँ रहेको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*