राष्ट्रिय जीवन बीमा कम्पनीको खुद नाफा १ करोड ५४ लाख, प्रतिशेयर आम्दानी कति?

२९ बैशाख २०८२, सोमबार ०६:४९

काठमाडौं । राष्ट्रिय जीवन बीमा कम्पनी लिमिटेडले चालू आर्थिक वर्षको तेस्रो त्रैमासिक वित्तीय विवरण आज प्रकाशित गरेको छ। जसअनुसार कम्पनीले चालू आवको चैत मसान्तसम्म १ करोड ५४ लाख रूपैयाँ खुद नाफा गरेको छ।

गत आवको यसै अवधिसम्म २ करोड ४५ लाख रूपैयाँ खुद नाफा गरेको कम्पनीले चालू आवमा भने ३७.१० प्रतिशत कम नाफा गरेको हो।

नाफा घटे तापनि कम्पनीको खुद बीमा शुल्क आर्जन भने सामान्य बढेको तथ्यांकले देखाएको छ। कम्पनीको खुद ब्याज आम्दानी ७ अर्ब ६९ करोड रूपैयाँबाट ०.५६ प्रतिशतले बढेर यस वर्ष ७ अर्ब ७३ करोड रूपैयाँ पुगेको छ।

यस वर्ष कम्पनीको कुल आम्दानी ८.४४ प्रतिशतले र कुल खर्च ४.९४ प्रतिशतले घटेको छ। कुल आम्दानी गत वर्ष १२ अर्ब ४४ करोड रूपैयाँ रहेकोमा यस वर्ष ११ अर्ब ३९ करोड रूपैयाँमा झरेको छ भने कुल खर्च ११ अर्ब ४१ करोड रूपैयाँबाट १० अर्ब ८५ करोड रूपैयाँमा झरेको छ।

चुक्ता पूँजी १८ करोड रूपैयाँ रहेको कम्पनीको महाविपत्ति कोषमा ३ करोड रूपैयाँ र जगेडा कोषमा ६२ करोड ३३ लाख रूपैयाँ सञ्चिति रहेको छ। कम्पनीको प्रतिशेयर आम्दानी १८.०६ रूपैयाँबाट घटेर १७.०४ रूपैयाँमा झरेको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*