सलिकोको खुद नाफा २५ करोड १९ लाखमाथि, प्रतिशेयर आम्दानी कति?

२९ बैशाख २०८२, सोमबार ०७:३३

काठमाडौं । सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेड (सलिको) ले तेस्रो त्रैमासिक वित्तीय विवरण आज प्रकाशित गरेको छ। जसअनुसार चालू आवको चैत मसान्तसम्म कम्पनीले २५ करोड १९ लाख रूपैयाँ खुद नाफा गरेको छ।

गत आवको यसै अवधिसम्म ४७ करोड ५४ लाख रूपैयाँ खुद नाफा गरेको कम्पनीको यस वर्ष भने खुद नाफा ४७ प्रतिशतले घटेको हो।

कम्पनीको कुल आम्दानी १.५५ प्रतिशतले मात्रै बढ्दा खर्च भने २५.४४ प्रतिशतले बढेको छ। कम्पनीको कुल आम्दानी २ अर्ब ५ करोड रूपैयाँबाट सामान्य बढेर २ अर्ब ९ करोड पुग्दा खर्च भने १ अर्ब ३८ करोड रूपैयाँबाट बढेर १ अर्ब ७३ करोड रूपैयाँ नाघेको छ।

गत वर्ष १ अर्ब ३७ करोड रूपैयाँ खुद ब्याज आम्दानी गरेको कम्पनीको यस वर्ष ५.९२ प्रतिशतले घटेर १ अर्ब २९ रूपैयाँमा झरेको छ।

चुक्ता पूँजी २ अर्ब ६२ करोड रूपैयाँ रहेको कम्पनीको महाविपत्ति कोषमा २१ करोड ४१ लाख रूपैयाँ र जगेडा कोषमा ६२ करोड ६१ लाख रूपैयाँ सञ्चिति रहेको छ।

कम्पनीको प्रतिशेयर आम्दानी ११.३६ रूपैयाँले घटेर १२.८१ रूपैयाँमा झरेको छ भने प्रतिशेयर नेटवर्थ २४८.८२ रूपैयाँ रहेको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*