आज बिदाका दिन समेत अधिकांश बैंक खुला रहने, कुन–कुन शाखा ?

२९ बैशाख २०८२, सोमबार ०८:२०

काठमाडौँ । बुद्धजयन्ती र उभौली पर्वको अवसरमा आज बैशाख २९ गते सोमबार सार्वजनिक बिदा दिइएको भए पनि अधिकांश बैंकहरुले आफ्ना शाखामार्फत सेवा सञ्चालन गर्ने भएका छन्। गृह मन्त्रालयले राजपत्रमा सूचना प्रकाशित गर्दै आज सार्वजनिक बिदा दिने निर्णय गरे पनि वाणिज्य बैंक तथा विकास बैंकहरूले ग्राहक सुविधालाई मध्यनजर गर्दै केहि शाखा खुला राख्ने निर्णय गरेका हुन्।

बैंकहरुले आफ्ना ग्राहकलाई नियमित सेवा प्रवाहमा अवरोध नहोस् भन्ने उद्देश्यले बिदाको दिनमा समेत शाखा सञ्चालन गर्ने भएका हुन्। केही बैंकहरुले आफ्ना शाखा तथा काउन्टर खुला रहने सूचना सामाजिक सञ्जाल र वेबसाइटमार्फत सार्वजनिक गरिसकेका छन्।

बैंकहरुले नगद जम्मा तथा झिक्ने, चेक क्लियरिङ, अनलाइन ट्रान्जेक्सन लगायत सेवा सञ्चालनमा कुनै अवरोध नहुनेगरी तयारी गरेको जनाएका छन्। यद्यपि, सबै शाखा खुला नरहने भएकाले ग्राहकले बैंकको सूचना हेरेर नजिकको सेवा उपलब्ध शाखा पहिचान गर्नुपर्ने हुन्छ।

कुन बैंकका कुन शाखा खुला रहछन् ?

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*