आज बुद्ध जयन्ती, देशभर सार्वजनिक बिदा

२९ बैशाख २०८२, सोमबार ०८:१५

काठमाडौं । आज २५६९औं बुद्ध जयन्ती देशभर विविध कार्यक्रमसहित मनाइँदै छ। बुद्ध जयन्ती गौतम बुद्धको जन्म, ज्ञान प्राप्ति (बुद्धत्व) र महापरिनिर्वाणको स्मृतिमा हरेक वर्ष वैशाख शुक्ल पूर्णिमाका दिन मनाउने गरिन्छ।

लुम्बिनी, बौद्धनाथ, स्वयम्भूनाथ, रामग्राम लगायत देशभरका प्रमुख बौद्धस्थलहरूमा आज विशेष पूजा–आराधना, दीप प्रज्वलन लगायतका कार्य गरी जयन्ती मनाइँदै छ। लुम्बिनीमा आयोजित विशेष समारोहमा प्रधानमन्त्री केपी शर्मा ओलीले भाग लिने कार्यक्रम समेत रहेको छ।

यसै दिन किराँत समुदायले उभौली पर्व पनि विशेष रूपमा मनाउँदै छन्। उभौली पर्व प्रकृति र पुर्खा–पूर्वजको सम्मानमा मनाइने एक महत्वपूर्ण सांस्कृतिक चाड हो जुन वर्षमा दुई पटक मनाइने साकेला पर्वमध्ये एक हो।

उभौलीमा किराँत समुदायले विशेष नाचगान, पूजा र जातीय पहिरनमा सजिएर समुदायसँगै मेलमिलापको भावना प्रकट गर्छन्।

यसै अवसरमा आज नेपाल सरकारले देशभर सार्वजनिक बिदा दिएको छ। बिदा दिएसँगै आज सरकारी कार्यालय, बैंक तथा वित्तीय संस्था, शिक्षण संस्था लगायत नेप्से बन्द रहने छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*