सिद्धार्थ प्रिमियर इन्स्योरेन्स ३२औं वर्षमा प्रवेश, उत्कृष्ट सेवा र प्रतिफल दिने प्रतिवद्धता

काठमाडौं । सिद्धार्थ प्रिमियर इन्स्योरेस आजबाट ३१औं वर्ष पुरा गरी ३२औं वर्षमा प्रवेश गरेको छ । ३२औं वार्षिकोत्सवको अवसरमा कम्पनीले आउँदो दिनमा आम लगानीकर्ता, बीमित तथा शुभचिन्तकहरुलाई धन्यवाद व्यक्त गर्दै अगाडी बढ्ने प्रतिवद्धता जनाएको हो ।
कम्पनीको ३१औं वार्षिकोत्सवको अवसर देशका विभिन्न शाखा तथा केन्द्रिय कार्यालयले विभिन्न कार्यक्रम गरी मनाएको छ । सिद्धार्थ इन्स्योरेन्सले ३ दशक लामो समय पार गरेर नेपाली बीमा बजारमा आफ्नो विश्वासीलो बीमा व्यवसाय गरीरहेको छ । कम्पनीले आफ्ना बीमितहरुको सम्पत्तिको सुरक्षा तथा बीमा दावी भुक्तानीमा जहिले पनि अग्रस्थानमा रहेका काम गरीरहेको छ ।
कम्पनी सञ्चालक समितिका अध्यक्ष सुरेश लाल श्रेष्ठले ३१औं वार्षिकोत्सवको अवसरमा कम्पनीलाई विश्वास गरी बीमा गरीदिने सम्पूर्ण ग्राहकवर्ग, शेयरहोल्डर, नियमनकारी निकाय तथा कर्मचारीहरुलाई धन्यवाद व्यक्त गरेका छन् ।
सामाजिक उत्तरदायित्वको कार्यक्रममा पनि सिद्धार्थ प्रिमियर इन्स्योरेन्स अग्रस्थानमा रहेको छ । कम्पनीका प्रमुख कार्यकारी अधिकृतको रुपमा विरेन्द्र बैदवार क्षेत्री पाएसँगै कम्पनीले सफलताका पाइला चुमिरहेका छन् । कम्पनीले यस अवधिमा विभिन्न प्रतिष्ठित अवार्डहरु समेत हात पारी सकेको छ । अनुभवि र क्षमतावान कर्मचारी तथा अभिकर्ताहरुको सक्रियताले कम्पनीले सफलता हासिल गरीरहेको छ ।

दैवी प्रकोप कोषमा सिद्धार्थ प्रिमियरको ५१ लाख सहयोग (फाइल तस्विर)
३१औं वार्षिकोत्सवको अवसरमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत बिरेन्द्र बैदवार क्षेत्रीले सम्पूर्ण ग्राहक, कर्मचारी तथा नियमनकारी निकायलाई धन्यवाद व्यक्त गर्दै आउदो दिनमा अझै बीमा सेवा विस्तारमा अघि बढ्ने प्रतिवद्धता जनाएका छन् ।
सुरेश लाल श्रेष्ठ अध्यक्ष रहेको सिद्धार्थ प्रिमियर इन्स्योरेन्स सञ्चालकमा पवन कुमार अग्रवाल, राजन कृष्ण श्रेष्ठ, राहुल अग्रवाल, प्रभु कृष्ण श्रेष्ठ, हसना श्रेष्ठ र सुमित कुमार केडिया रहेका छन् ।
कम्पनीको प्रमुख कार्यकारी अधिकृतमा बिरेन्द्र बैदवार क्षेत्री रहेका छन् भने नायब प्रमुख कार्यकारी अधिकृतमा योगेश कृष्ण श्रेष्ठ, डेपुटी जनरल म्यानेजरमा दिपक कुमार धुत, एसिस्टेन्ट जनरल म्यानेजरमा नवराज पराजुली रहेका छन् ।













