सरकारको प्रमुख प्राथमिकता निजी क्षेत्रले भोगिरहेका समस्या समाधान गर्नु होः अर्थमन्त्री

२९ बैशाख २०८२, सोमबार १७:०९

काठमाडौं । उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले निजी क्षेत्रले भोगिरहेका समस्या समाधान गर्नु वर्तमान सरकारको प्रमुख प्राथमिकता भएको बताएका छन्।

सोमबार नेपाल चेम्बर अफ कमर्सले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा बोल्दै अर्थमन्त्री पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ को बजेटमार्फत अर्थतन्त्र सुदृढ बनाउने ठोस प्रयास गरिने जानकारी गराए। उनले भने, ‘वर्तमान सरकार अर्थतन्त्रमा निजी क्षेत्रको योगदानको महत्वलाई राम्रोसँग बुझ्दछ, त्यसैले सरकार बनेपछि निजी क्षेत्रका समस्या समाधान गर्न ३०–३२ वटा कानुन अध्यादेशमार्फत संशोधन गरिसकेका छौं।’

उनका अनुसार ती संशोधन कानुनहरूलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्न आवश्यक नियमावली र निर्देशिका निर्माणको प्रक्रिया अघि बढिरहेको छ। अर्थमन्त्री पौडेलले यी सुधारात्मक कदमहरूलाई पहिलो चरणको प्रयासको रूपमा लिँदै भविष्यमा अझ ठोस सुधारहरू गरिने उल्लेख गरे।

‘हामीले प्राप्त गरेका उपलब्धिहरू पर्याप्त छैनन्, अझ ठूलो आर्थिक उपलब्धिको लक्ष्यतर्फ अघि बढ्न सरकार प्रतिवद्ध छ’ पौडेलले स्पष्ट पारे।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*