राष्ट्रिय बीमा कम्पनीको खुद बीमा शुल्क आर्जन ६४ प्रतिशत बढ्यो, अन्य सूचक कस्तो?

३० बैशाख २०८२, मंगलवार ०६:५६

काठमाडौं । सरकारी स्वामित्वको राष्ट्रिय बीमा कम्पनी लिमिटेडले चालू आर्थिक वर्षको तेस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ। उक्त विवरणअनुसार यस अवधिसम्म कम्पनीले १६ करोड ६८ लाख रूपैयाँ खुद बीमा शुल्क आर्जन गरेको छ।

गत आवको यसै अवधिसम्म १० करोड १६ लाख रूपैयाँ मात्रै खुद बीमा शुल्क आर्जन गरेको कम्पनीले त्यसको तुलनामा यस वर्ष भने ६४.१७ प्रतिशत बढी खुद बीमा शुल्क आर्जन गरेको हो।

यद्यपि कम्पनीले चैत मसान्तसम्म ३९ करोड ५६ लाख रूपैयाँ खुद नाफा गरेको भए तापनि गत आवको यसै अवधिको खुद नाफा ५१ करोड ६३ लाखको तुलनामा यस वर्ष २३.३७ प्रतिशतले घटेको छ।

यस वर्ष कम्पनीको कुल आम्दानी समेत ९२ करोड ८६ लाख रूपैयाँबाट ८.१६ प्रतिशतले घटेर ८५ करोड २८ लाख रूपैयाँमा झरेको छ भने कुल खर्च २६ करोड ३ लाख रूपैयाँबाट २८ प्रतिशतले बढेर ३३ करोड ३४ लाख रूपैयाँ पुगेको छ।

चुक्ता पूँजी २६ करोड ६६ लाख रूपैयाँ रहेको यस कम्पनीको महाविपत्ति कोषमा ६८ करोड ९० लाख रूपैयाँ र जगेडा कोषमा २ अर्ब ४६ करोड रूपैयाँ सञ्चिति रहेको छ।

कम्पनीको प्रतिशेयर आम्दानी गत वर्षको तुलनामा यस वर्ष ४५.२६ रूपैयाँले घटेर १४८.३९ रूपैयाँमा झरेको छ भने प्रतिशेयर नेटवर्थ ६ हजार ३२१.४४ रूपैयाँ रहेको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*