हिमालयन एभरेष्ट इन्स्योरेन्सको व्यवसाय ४८%ले बृद्धि, यस्तो छ समग्र वित्तीय अवस्था

काठमाडौँ । हिमालयन एभरेष्ट इन्स्योरेन्सले चालु आर्थिक वर्ष २०८१।०८१ को तेस्रो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक विवरण अनुसार कम्पनीको बीमा शुल्क आर्जन लगायतका सूचांकहरुमा उल्लेख्य बृद्धि भएको छ ।
चालु आर्थिक वर्षको चैत मसान्तसम्ममा कम्पनीले ३३ करोड २३ लाख ७९ हजार रुपैयाँ मुनाफा आर्जन गरेको छ । कम्पनीले आर्जन गरेको मुनाफा गत आर्थिक वर्षको सोहि अवधिको तुलनामा भने ४५.२० प्रतिशतले कम हो । गत आर्थिक वर्षको सोहि अवधिमा कम्पनीको मुनाफा ६० करोड ६५ लाख रुपैयाँ रहेको थियो ।
समीक्षा अवधिमा कम्पनीको बीमा कोष तीन अर्ब ९९ करोड रुपैयाँबाट घटेर तीन अर्ब ५३ करोड रुपैयाँ पुगेको छ । उक्त बीमा कोष समिक्षा अवधिमा ११.५५ प्रतिशतले घटेको हो । समग्र हेर्दा गत असोजमा गएको बाढी पहिरो लगायतको कारण कम्पनीले बीमा दावी भुक्तानी बृद्धि भएकाले बीमाकोष तथा कम्पनीको कुल खर्चमा सामान्य गिरावट भएको देखिन्छ ।

कम्पनीको आम्दानी एक अर्ब ७९ करोड रुपैयाँबाट ४.०१ प्रतिशतले घटेर एक अर्ब ७२ करोड रुपैयाँ पुगेको छ । कम्पनीले बीमा दावी भुक्तानी, कर्मचारीको क्षमता अभिबृद्धि, तलव, व्यवस्थापन तथा विभिन्न समाजिक उतरदायित्वको कार्यक्रम सञ्चालन गदै आएकाले कुल खर्च बढेको कम्पनीले जनाएको छ । समीक्षा अवधिमा कम्पनीले एक अर्ब ३० करोड रुपैयाँ खर्चिएको विवरणले देखाएको छ ।
कम्पनीको चुक्तापूँजी दुई अर्ब ५० करोड रुपैयाँ रहेको छ । यता, महाविपत्ती कोषमा सात करोड ८२ लाख रुपैयाँ र जगेडा कोषमा २४ करोड ५ लाख रुपैयाँ सन्चिति रहेको छ । समिक्षा अवधिमा कम्पनीको प्रतिशेयर आम्दानी १७.७३ रुपैयाँ रहेको छ भने प्रतिशेयर नेटवर्थ ३७५.५० रुपैयाँ रहेको छ ।













