सोनापुर मिनरल्सको वित्तीय अवस्था जर्जर, तेस्रो त्रैमाससम्ममा करोडौंको घाटा

३० बैशाख २०८२, मंगलवार १२:३९

काठमाडौँ । सोनापुर मिनरल्स एण्ड आयल लिमिटेडले सार्वजनिक गरेको चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरणले कम्पनीको आर्थिक अवस्था थप जर्जर बन्दै गएको संकेत दिएको छ। विवरण अनुसार कम्पनी अझै करोडौं घाटामै रहेको छ, यद्यपि अघिल्लो वर्षको तुलनामा नोक्सानी केही घटेको छ।

चैत मसान्तसम्ममा कम्पनी ७ करोड ५९ लाख रुपैयाँ घाटामा रहेको छ। यो अघिल्लो वर्षको सोही अवधिको २७ करोड ८० लाख रुपैयाँको नोक्सानीभन्दा कम भए पनि कम्पनी अझै पनि नाफाको नजिक पुग्न सकिरहेको छैन।

सञ्चालन आम्दानीमा ४९.७९ प्रतिशतले सुधार आएको भए पनि यो सुधार कम्पनीलाई घाटाबाट बाहिर ल्याउन पर्याप्त हुन सकेन। समीक्षा अवधिमा कुल नाफा २६५.७९ प्रतिशतले वृद्धि भएको बताइए पनि कम्पनीको आधारभूत समस्या समाधान भएको छैन।
छ ।

सञ्चालन मुनाफा अघिल्लो वर्षको ८ करोड ३५ लाख रुपैयाँ ऋणात्मकबाट यस वर्ष ९ करोड ४८ लाख रुपैयाँ धनात्मकमा पुगेको देखिए पनि, यो मुनाफा कम्पनीको कुल घाटालाई समेट्न असफल भएको छ।

कम्पनीको प्रतिशेयर आम्दानी अझै ऋणात्मक नै छ। चालु त्रैमाससम्ममा इपीएस ऋणात्मक ३ रुपैयाँ २९ पैसामा सीमित छ। यसैगरी, कम्पनीको प्रतिशेयर नेटवर्थ भने १८५ रुपैयाँ ८६ पैसामा कायम छ।

३ अर्ब ७ करोड ५० लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस कम्पनीको जगेडा कोषमा हाल २ अर्ब ६४ करोड १ लाख रुपैयाँ मात्र सञ्चित छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*