पुँजी बजार निरन्तर खुम्चिदैः लगानीकर्ता हुँदै निराश, किन बढ्न सकेन मार्केट ?

काठमाडौँ । लगातार तीन दिन बजार ओरालो लागेको छ । बजार ओरालो लाग्दा लगानीकर्ता निराश बनेका हुन् ।
वित्तीय क्षेत्रको ठुलो नियामक निकाय नेपाल राष्ट्र बैंक अहिले गभर्नर बिहिन अवस्थामा रहेको छ । राजनीति भागबण्डाले गभर्नर नियुक्ति आइरहेको विवादले लगानीकर्ता अन्यौलमा रहेका छन् । मनोबल कमजोर भएको हुँदा लगानीकर्ता लगानी गर्ने डराइरहेको अवस्था छ ।
लगानीकर्ताले पुँजी बजारमैत्री गभर्नर र आगामी आर्थिक वर्षको बजेट पर्खि रहेका हुन् । जस कारण यो समयमा लगानीकर्ता पर्ख र हेरको अवस्थामा रहेका छन् । यी दुई माग सम्बोधन हुन सके बजार नयाँ रौनक आउने विश्वास लगानीकर्ताहरुले गरिरहेका छन् ।
बैंकहरूको ब्याजदर घट्दै जानु, तरलताको सहजता तथा धितो कर्जाको प्रवाहले बजारलाई टेवा दिएको छ । अब आगामी बजेटमार्फत लगानीमैत्री योजना र माग पक्ष सबल बनाउने कार्यक्रम ल्याउन सकेमा बजारमा नयाँ ऊर्जा आउने विश्वास गरिएको छ ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १४.२४ अकंले घटेर २६३४.८६ बिन्दुमा कायम भएको छ । आज ३१४ कम्पनीको २ करोड १८ लाख २८ हजार कित्ता शेयर किनबेच हुँदा ९ अर्ब ६३ करोड ४८ लाख रुपैयाँको कारोबार भएको छ ।
आज १० उपसूचक राताम्य भएको छ । साथै, विकास बैंकको ०.५५ प्रतिशत र जीवन बीमा समूहको १.०८ प्रतिशतले बढेको छ ।

मंगलबार बजार ७७ कम्पनीको बढेको छ भने १६८ कम्पनीको घटेको छ ।













