नेपाल बीमा प्राधिकरणको रक्तदान कार्यक्रम सम्पन्न, भोलि प्रभातफेरी

३० बैशाख २०८२, मंगलवार १६:०४

काठमाडौं । नेपाल बीमा प्राधिकरणले आफ्नो ५७औं वार्षिकोत्सवको अवसरमा आयोजना गरेको रक्तदान कार्यक्रम सम्पन्न भएको छ । मंगलबार काठमाडौंको कुपण्डोलमा रहेको केन्द्रिय कार्यालयमा आयोजित रक्तदान कार्यक्रम कार्यालयका कमचारी, बीमक, सर्भेयर तथा अभिकर्ता लगायतको सहभागितामा भव्य रुपमा सम्पन्न भएको हो ।

रक्तदान कार्यक्रममा कर्मचारी, बीमक तथा विभिन्न कर्पोरेट क्षेत्रका सयौं नागरिकहरुले रक्तदान गरेका छन् । साथै, नेपाल बीमा प्राधिकरण प्रादेशिक कार्यालयहरुले समेत विभिन्न कार्यक्रम र रक्तदान गरी ५७औं वार्षिकोत्सव मनाइरहेका छन् ।

नेपाल बीमा प्राधिकरण कर्मचारी संगठनका अध्यक्ष दिपक ज्ञवालीले भोलि अर्थात बैशाख ३१ गते बिहान काठमाडौंको भद्रकाली मन्दिर हुदै, धरहरा, रत्नपार्क हुदै भृकुटीमण्डपसम्म प्रभावतफेरी कार्यक्रमको आयोजना गरेको बताए । साथै, उनले प्रभातफेरी कार्यक्रममा बीमा प्राधिकरणका सम्पूर्ण कर्मचारी, बीमक, अभिकर्ता तथा सर्भेयरहरुलाई पत्राचार गरीसकेको र सबैको उपस्थितीमा बीमा प्राधिकरणको ५७औं वार्षिकोत्सव भव्य रुपमा सम्पन्न हुनेमा विश्वस्त रहेको बताए ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*