शेयर स्वामित्व परिवर्तन गर्दै एनएमबि लघुवित्त

३१ बैशाख २०८२, बुधबार ०७:०३

काठमाडौं । एनएमबि लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक र सर्वसाधारण शेयरको स्वामित्व परिमार्जन गर्ने भएको छ।

हाल ६० प्रतिशत रहेको संस्थापक शेयरलाई ५१ प्रतिशतमा झार्ने र ४० प्रतिशत रहेको सर्वसाधारण शेयरलाई ४९ प्रतिशत बनाउने गरी स्वामित्व परिमार्जन गर्ने कम्पनीले जनाएको छ।

आफ्नो संस्थापक शेयर सर्वसाधारण शेयरमा परिवर्तन गर्न नचाहने संस्थापक शेयरधनीलाई २१ दिनभित्र पोखरास्थित कम्पनीको केन्द्रीय कार्यालयमा निवेदन दिन आग्रह गरेको छ।

निवेदन प्राप्त नभएमा शेयर परिवर्तन गर्न मञ्जूर रहेको मानी सोही अनुसार प्रक्रिया अघि बढाइने कम्पनीले जनाएको छ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*