बढ्यो सुनको मूल्य, अब प्रतितोला कति ?

३१ बैशाख २०८२, बुधबार १०:३७

काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुन तोलामा ५०० रुपैयाँले उकालो लागेको हो ।

नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला एक लाख ८५ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ ।

यता, चाँदीको मूल्य प्रतितोला एक हजार ९६० रुपैयाँमा खरिदबिक्री भइरहेको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*